मनोरञ्जन

किड्स प्लानेट इन्टरनेशनल नेपाली बालबालिकालाई अवार्ड

काठमाडौं । इन्डोनेशियाको बालीमा आयोजित ‘किड्स प्लानेट इन्टरनेशनल २०२०’मा नेपाललाई ठुलो सफलता हात परेको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी ७ बालबालिका मध्य ६ बालबालिकाले उपाधि जित्न सफल भएकी छन् ।

प्रतियोगितामा ३ बालबालिकाले शिर्ष र अन्य ले महात्वपुर्ण बिधा तर्फको उपाधि हासिल गर्न सफल भएका हुन् ।
‘किड्डी फेस अफ दि इयर २०२०’का विजेता बन्दै उक्त प्रतियोगितामा सहभागी चिराग बजगाईले सिनियर केटा तर्फ शिर्ष उपाधि जित्दा प्रतिक भट्टले जुनियर केटा तर्फको उपाधि हात पारेका छन् ।

त्यस्तै सिनियर केटी तर्फको शिर्ष उपाधि भने सान्वी स्वारले जितेकी छिन् । इन्डोनेशिया र नेपालका गरेर २४ बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा जयश अग्रवालले लिडरसिप, याकिन अर्याल र कर्मा पेमा डोमा लामाले बेष्ट ट्यालेन्ट उपाधि हात परे ।

गत १८ देखि २३ फेब्रुअरीसम्म बाली शहरमा आयोजित प्रतियोगितामा मुख्य अतिथि इन्डोनेशियाका सांसद श्रीगुस्ती आर्यवेद कर्ण र निणार्यकहरुमा नेपालका राज फैजु, फ्रान्सबाट लरेन्स ट्राभर्स, इन्डोनेशियाका मीरा सिन्थिया देवी र भारतबाट डा. रमेश शास्त्री रहेका थिए ।

प्रतियोगितामा सहभागी ७ बालबालिका, निर्णायक राज फैजु र उनीहरुसँग सहभागी फेसन डिजाइनर श्रीषा बैदार फैजु समेतको टोली मंगलबार साँझ स्वदेश फर्किएका छन् । प्रतियोगितामा बालबालिकाले नेपाली कलासंस्कृतिको प्रदर्शन र प्रचार गर्नुका साथै ‘भिजिट नेपाल २०२०’को समेत प्रचार गरेको सहभागी निणार्यक राज फैजुले जानकारी दिए ।

बालबालिकालाई प्रतियोगितामा सहभागीताको अवसर रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले दिलाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *