काठमाडौं । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमवार चुच्चेपार्टीमा स्थित इम्पेरियल बैंक्वेटमा पारिवारिक सदस्यहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन् ।
एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरु यही फागुन २९ गते बैबाहिक जीवनमा बाँधिने बताइएको छ । तर, यसको आधिकारी जानकारी बाहिर आएको छ ।
फेसबुकको माध्यमबाट यी दुईको एकअर्कासँग चिनजान भएको थियो । र, फेसबुकबाटै प्रेममा डुबेका थिए । अभिनेत्री आँचल आफूलाई उदिपको केयरिङ गर्ने बानीले कायल बनाएको बताउँछिन् ।
‘नाईं नभन्नू ल ४’ बाट अभिनय करिअर सुरुवात गरेकी आँचलको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । उनीहरुले एकसाथ तीन फिल्म र थुप्रै म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर उनीहरुले भने कहिलै स्वीकारेनन् ।




