मनोरञ्जन

बलिउड अभिनेत्री बलालको निधन

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी कलाकार किशोरी बलालको मंगलबार राति निधन भएको छ। उनको भारतको बेंगलुरुको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

विभिन्न कन्नड फिल्ममा महत्वपूर्ण भूमिका निभाएकी बलालले सन् २००४ मा प्रदर्शन भएको शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्। उक्त फिल्ममा उनको भूमिकाको निकै चर्चा भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *