मनोरञ्जन

सौगात र सृष्टिको ‘माइकल अधिकारी’ सकियो छायाँकन

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को छायाँकन सकिएको छ । झापा र इलाममा ३८ दिन छायाँकन गरेर छायांकन सकिएको हो ।

आगामी चैत्र २८ गते प्रर्दशन मिति तय गरिएको यस चलचित्रमा सौगात र सृष्टि सँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता निरक पौडेल हुन् ।छायाँकन सकेर चलचित्र टिमले झापामा गरेको पत्रकार भेट घाट कार्यक्रममा प्रमुख अतिथि बनेर संचारकर्मी रवी लामिछाने पुगेका थिए । चलचित्रलाइ उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गर्दै छ भने उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *