काठमाडौं । प्रेम कथाको बिषयमा निर्माण भएको फिल्म ‘लभ डायरिज’ आजबाट देशभरबाट रिलिज हुँदैछ । फिल्मलाई सौरभ चौधरीको निर्देशन गरेका छन् । फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
विनोद सापकोटाले निर्माण गरेको फिल्ममा फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान सह निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ ।




