मुम्बई । अभिनेता सलमान खान पछिल्लो समय फिल्म ‘राधे’को छायांकनमा व्यस्त छन् । पछिल्ला केही फिल्मबाट सोचेजस्तो सफलता हात पार्न नसकेका सलमान अहिले धमाधम नयाँ प्रोजेटहरु गरिरहेका छन् ।
केहि अगाडी सलमानले २०२१ को इद लक्षित गर्दै फिल्म ‘कभी इद कभी दिवाली’ घोषणा गरेका थिए । फरहाद सामजीले निर्माण गर्ने फिल्ममा सलमानको अपोजिटमा पूजा हेग्डे फाइनल भएकी हुन् ।
सन् २०१६ को फिल्म ‘मोहेञ्जोदारोे’मा उनले ऋतिक रोशनको अपोजिटमा अभिनय गरेकी थिइन् । पूजाको ‘हाउसफुल ४’मा पनि अभिनय रहेको थियो ।
‘हाउसफुल ४’को कामबाट आफु पूजासँग प्रभावित भएको निर्देशक फरहादले बताएका छन् । (एजेन्सी)




