काठमाडौं । फिल्म ‘लक्का जवान’को दोस्रो गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा जुना रिजाल काफ्ले र बाबुलकै स्वर छ । फिल्म हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी लगायत देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा दीलिपसँग प्रियंका र सलोनसँग वर्षाको रोमान्स देख्न सकिन्छ ।
आगामी चैत २१ गतेबाट प्रदर्शनमा आउने फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।




