काठमाडौं । गायक डा. उज्वल गिरीको नयाँ म्युजिक भिडियो ‘तिमी मेरो’ सार्वजनिक भएको छ । सफ्ट मेलोडियस भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर बाहिर ल्याइएको गायक गिरीले बताए ।
स्वर, शब्द र संगीत स्वयम् गायक गिरीकै रहेको गीतमा संगीत संयोजन इन्जिनियर आभाष श्रेष्ठले गरेका हुन् ।
‘तिमी मेरो’ म्युजिक भिडियोमा इन्जिनियर दीप गिरी र अर्चना डी क्षेत्रीको अभिनय रहेको छ ।
रुपन पौडेलको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो ।




