मनोरञ्जन

चलचित्र सफल हुने एउटा अस्त्र गीत संगीत पनि हो – गायक खरेल

दाङ । सुगम संगीतसँगै फिल्मको पार्श्व गायनमा पनि ब्यस्त गायक प्रमोद खरेलले चलचित्र राम्रो र व्यवसायिक रुपमा सफल हुनका लागि गीत संगीतको भुमिका अहम् रहेको बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै गायक खरेलले चलचित्र हेर्ने दर्शकलाई सिनेमा घरसम्म ल्याउन गीतसंगीतको भुमिका पनि निकै महत्वपुर्ण हुन्छ ।

संघका अध्यक्ष शिव पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा खरेलले नेपाली गीत संगितर्लाइ थप दरिलो बनाउन अझैंपनि मौलिकता बोकेका गीतहरु आउनु आवश्यक रहेको उनको भनाई रहेको थियो ।

‘गीत संगीतमा ठूलो शक्ति छ,’ खरेलले भने ‘तर, त्यसका लागि माटो सुहाउँदा मौलिक गीतसंग्ीत अझैं आउनु जरुरी छ।’

गीत संगीतमा ठूलो शक्ति र उर्जा भएकै कारण एउटा लामो सिनेमा निर्माण गर्दा पाँच मिनेटको गीतमा समेत निर्माताले लाखौ खर्च गरेको खरेलले सुनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *