विश्व

बेलायताका प्रधानमन्त्री बोरिस जोनसनले जनमतसङ्ग्रहकाे फैसला कार्यान्वयन गराए

काठमाडाैं।ब्रिटेनले ईयूसंगकाे आधा शताब्दी लामाे सम्वन्ध ताेडेकाे छ । ब्रिटेनका जनताले  साढे तीन वर्षअघि नै भएकाे जनमतसङ्ग्रहमा ईयूबाट अलग्गिने पक्षमा मत प्रकट गरेका थिए।

ब्रिटेन ईयूबाट अलग्गिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ। सन् २०१६ को जुन २३ तारिखमा भएको जनमतसङ्ग्रहमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए।

जनमतसङ्ग्रहमा ईयूका पक्षमा मतदान गरेका स्कटल्यान्डमा मतदाताहरुले मैनबत्ती बालेर प्रदर्शन गरेका थिए । ब्रेक्जिटका समर्थकहरूले चाहिँ लन्डनस्थित संसद्‌भवनअगाडि त्यसको स्वागतमा उत्सव मनाएका छन्।

यस अवधिमा त्यहाँ दुई पटक प्रधानमन्त्री पनि फेरिए। जनमतसङ्ग्रहलगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरनले प्रधानमन्त्री पद छाडेका थिए। त्यसपछिकी प्रधानमन्त्री टरिजा मेले पनि ब्रेक्जिटको पूरा नसकेपछि राजीनामा दिएकी थिइन ।  प्रधानमन्त्री बोरिस जोनसनले भने जनमतसंग्रहकाे निर्णय कार्यान्वन गराइछाडे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *