काठमाडौँ । दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक गरिएको छ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. र एनआईसी एशिया बैंक लिमिटेडबीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले सात वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा अटोलोन प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुटसमेत उपलब्ध हुने जनाइएको छ । उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुने बताइएको छ ।
दशैंलाई लक्षित गर्दै ल्याइएको यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै आफूले रोजेको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ ।
समझदारीपत्रमा का डेपुटी जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) रेखा शाह कार्की र एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी.ले हस्ताक्षर गरेका छन् ।




