मनोरञ्जन

कृष्ण समीपको ‘चलन माया चल’ सार्वजनिक

काठमाडौं । गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका छन् । ‘चलन माया चल’ बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्वजनिक गरिएको हो ।

यसअघि ‘सिर सिर बतास’, मेरो कल्पनामा आउने मान्छे तिमी’, मनको तिर्खा मेट्न’, माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि पुनस् संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए । यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए ।

शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एस।डि।एस। ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *