मुख्य समाचार

असई थमन विक हत्या प्रकरणमा जन्मकैद पाएका लोसपा सांसद अभिराम शर्मा निलम्बित

काठमाडौं । लोसपाका सांसद अभिराम शर्मालाई निलम्बनमा परेका छन् । शुक्रबार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शर्मालाई निलम्बन गरेका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहेका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१० को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१\०१\१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *