मुख्य समाचार

दुर्गा मूर्ति बिसर्जन गर्दा वेपत्ता सन्तकुमारको शव तीन दिनपछि भेटियो

काठमाडौं । दसैँको दिन रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति बिसर्जनको क्रममा डुबेर बेपत्ता युवकको शव तीन दिनपछि फेला परेको छ । वेपत्ता बनेका युवकको शब स्थानीयहरुले फेला नपारेपछि खोजतलासका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोरको टीम परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नंं २७ नम्बर गण हेडक्वाटर भैरहवा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसीराम पाण्डेयले कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोर ल्याएर खोजतलास गरिएको र बिहीबार शव फेला परेको जानकारी दिए ।

बिहिबार सवा १२ बजे घटनास्थलको केही तल तैरिएको अवस्था शव फेला परेको प्रहरी स्रोतले जनाएको छ । गत मंगलबार दुर्गा मूर्ति बिसर्जनका क्रममा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको दुई मुहान नदीमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए भने मूर्ति बिसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । नदीमा डुबेर मृत्यु भएका दुई जनाको शव पहिले नै भेटिएपनि सन्तकुमार को शव भने फेला पर्न सकेको थिएन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *