मुख्य समाचार

प्रचण्ड नेतृत्वसँग सरकारसँग मिलेर काम गर्न भारत तयार

काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेको र दाहालले पनि मोदीलाई जवाफ दिइसकेको भन्दै दाहालले दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहेको जानकारी दिए ।

उनले अहिलेको सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा भारत रहेको समेत बताए । दाहाल प्रधानमन्त्री भएलगत्तै शनिबार काठमाडौंस्थित भारतका राजदूत नवीन श्रीवास्तवले पहिलो विदेशी कूटनीतिज्ञको रुपमा बधाई दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *