काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनभन्दा बाहिर गएर कर्मचारी वा पदाधिकारीको सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्।
मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री देउवाले इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेको भन्दै कानुनले तोकेका बाहेकका सरकारी कर्मचारीलाई सवारीसाधनको सुविधा हेरेर कटौती गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनेगरी तयारी गर्न समेत निर्देशन दिए ।




