काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले गत जेठ १४ गतेको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।
चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोप लागेपछि संसदले सििमति गठन गरेको थियो ।
समितिको आइतबार बसेको बैठकले सिंहदरवारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनपछि आफैं मेटिने बताएपछि समितिले सिंहदरवारकै गेटको फुटेज मगाउने निर्णय गरेको हो ।




