काठमाडौं । नेकपा एमाले छाडेर नयाँ दल बनाउने घोषणा गरेका वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
अभियानले मंगलबार पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । आवश्यक कागजपत्र र केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको बताइएको छ ।
अभियानले चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरेको छ ।




