काठमाडौं । युक्रेनमा रहेका नेपालीको उद्धारमा भारतले सहयोग गर्ने भएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन भारतले सघाउने भएको हो ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनको लागि सघाउने पुर्याउने भएको हो ।
युक्रेनमा रहेका नेपालीको उद्धारका लागि नेपालले दिल्ली राजदूतावासमार्फत ४ दिन अघि नै सहयोगका लागि आग्रह गरेको थियो ।




