मुख्य समाचार

रामकुमारी झाँक्रीले भनिन्– खोक्रो राष्ट्रवादको पक्षमा छैन

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफु खोक्रो राष्ट्रवादको पक्षमा नभएको स्पष्ट पारेकी छन् ।

प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै मन्त्री झाँक्रीले भनेकी छन्,‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछ भन्ने विश्वास छ मेरो । म खोक्रो राष्ट्रवादको नसामा छैन । तर म एक देश भक्त नागरीक हुँ ।’

एमसीसी पारित गर्ने सबै प्रक्रियामा सहभागी भएको भन्दै उनले सबै कामको जवाफ दिने भन्दै भनेकी छन्।‘यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु । र, मेरा प्रत्येक काम र प्रयासको जवाफदेहिता मसंग हुनेछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *