मुख्य समाचार

वानेश्वर झडपमा ३० राउण्ड गोली प्रहार

काठमाडौं । एमसीसीविरुद्ध भएको प्रदर्शनमा झडपमा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका छन् ।

एमसीसी संसदमा टेवल भएपछि भएको प्रदर्शनमा प्रहरीले ३० राउन्ड रबरको गोली समेत प्रहार गरेको छ ।

संसद भवन बाहिर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले ३० राउण्ड रबरको गोली हानेको हो । प्रहरीका अनुसार ११५ सेल अश्रुग्यास पनि प्रहार गरिएको छ ।

प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले रबरको गोली हानेको हो । तर प्रहरीको गोली भने कसैलाई लागेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *