मुख्य समाचार

निर्वाचन आयोगले मंगलबारदेखि स्थानीय तहको चुनावको तयारी शुरु गर्ने

काठमाडौं । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले चुनावको तयारी मंगलबारदेखि नै तीव्र बनाउने भएको छ ।

सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले यसअघि देखिनै निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयार नै रहेको बताउँदै उनले कानुन अनुरूप निर्णय गरी मंगलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जुमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी समेत आयोगले थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *