मुख्य समाचार

राष्ट्रपतिको अस्वभाविक चासोप्रति गठबन्धनका नेताहरु आक्रोशित

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले स्थानीय तहको चुनावका बारेमा अस्वभाविक चासो देखाएको देखिएको छ ।

गत बिहीवार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेबरहादुर देउवालाई शितलनिवास बोलाएर निर्वाचनबारे छलफल गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई ७ बुँदे पत्र दिएको शनिबार सार्वजनिक भएको छ । पत्रमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु २ महिनाअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्दछ ।’

एमालेले जेठसम्म चुनाव नगरे आन्दोलन गर्ने घोषणा गरिसकेको छ । राष्ट्रपति भण्डारीले समेत एमालेसँग लय मिलाएजस्तो हुनेगरी जेठ ६ गतेसम्म चुनाव गर्न आग्रह गरेकी छन् । ‘जेठ ६ गते नयाँ जनप्रतिनिधिले कार्य आरम्भ गर्नुपर्दछ । हाम्रो संविधान र ऐनले स्थानीय तह खाली हुने वा अधिकार अन्यत्र हस्तान्तरण हुने वा निर्वाचन बाहेकका विधिबाट स्थानीय तहलाई सीमित गर्ने परिकल्पना गरेको छैन । तसर्थ निर्वाचन आयोगलाई उसको तयारी बमोजिम निर्वाचन गराउने दायित्व सुम्पिनु नेपाल सरकारको दायित्व हो ।’

राष्ट्रपतिको भूमिकाप्रति सत्तारुढ गठबन्धनका नेताहरूले गम्भिर असन्तुष्टि व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *