मुख्य समाचार

स्थानीय तहको चुनावको मिति घोषणा गर्ने सरकारी तयारी

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणाको तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यसै साता बस्ने मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

स्थानीय तहको चुनावको मिति तोक्नेबारेमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बिचमा समेत छलफल भएको थियो ।

भेटवार्ताका क्रममा तिनै तहको चुनाव एकैपटक गर्नेबारेमा समेत छलफल भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *