काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यतालिका संसोधन भएको छ ।
उमेदवारको मनोनयन र निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको माओवादी केन्द्रको निर्वाचन आयोगले आइतबार २ बजेदेखि ३ः३० बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने भएको हो । आयोगका अनुसार दिउँसो ३ः४० मा उमेदवारको मनोनयनपत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।
उमेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उमेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ ।
आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उमेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उमेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।
आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।




