दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावसम्म गठबन्धन टिक्ने दाबी गरेका छन् ।
दाङको भालुवाङमा लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन कायम रहने बताए । उनले भने,‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं ।’
अध्यक्ष नेपालले कुनै एक दलमात्रै चुनावमा जाँदा बहुमत नआउने भन्दै गठबन्धन चुनावसम्मै कायम राख्नुपर्ने बताए ।




