काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा देशकै ठुलो दल बन्ने दाबी गरेका छन् ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता–कार्यकर्ताको मूल्याङ्कन गरिने समेत बताएका छन् ।
भक्तपुरमा बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले भने,‘अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको छ । अबको निर्वाचनमा ठूलो दलका रूपमा हाम्रो पार्टी स्थापित हुनेमा ढुक्क छौँ।’
अध्यक्ष नेपालले आफूहरुसँग निहुँ खोज्नेको हालत खत्तम हुने दाबी गरे ।




