मुख्य समाचार

प्रदीप नेपालले भने–‘माधव कमरेड तपाईबाट पनि धोकाको उपहार लिएर जानुपर्ने भयो, विदा’

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका नेता प्रदीप नेपालले माधवकुमार नेपालले धोका दिएको आरोप लगाएका छन् ।

निर्वाचन आयोगमा एकिकृत समाजवादी पार्टीको सनाखतका लागि समेत पुगेका नेपालले जबज नहुने भए पार्टीमा नरहने जानकारी गराएको भएपनि अन्तिममा माधवकुमार नेपालले धोका दिएको दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।’

माधवकुमार नेपालले झेली गर्न केपी ओलीबाट सिकेको भन्दै धोकाको उपहार लिउर जानुपर्ने अबस्था आएको समेत बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *