मुख्य समाचार

घाइतेको स्वास्थ्य अवस्था बुझ्न धुलिखेल अस्पताल पुगे पूर्वमन्त्री बस्नेत

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमान्त्री मोहनबहादुर बस्नेत बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न धुलिखेल अस्पताल पुगेका छन । सिन्धुपाल्चोकको सुनकोशी ३ कालिका छापमा भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न पूर्वमन्त्री बस्नेत धुलिखेल अस्पताल पुगेका हुन ।

पूर्वमन्त्री बस्नेतले दुर्घटनामा परी ज्यान गुमाउने प्रति परिवारलाई २५/२५ हजारका दरले नगद हस्तान्तरण गरेका थिए ।

लिसाङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको कोशीपारी यातायातको बा ३ ख ८०३० नं को यात्रुवाहक बस ११ः३५ बजे छापमा दुर्घटना भएको थियो । बस सडक घुम्तीबाट करिब ३५ मिटर तल खसेर थियो ।

दुर्घटनमा परेर दुई जनाको मृत्यु भएको छ भने करिव ३० जना घाइते भएका छन । घाईतेको उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *