मुख्य समाचार

७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त (सूचीसहित)

काठमाडौं। ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी नियुक्त भएका छन् ।आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा (१) बमोजिम जिल्ला समितिमा रहने अध्यक्ष, विज्ञ र सदस्य गरी तीन–तीन जना नियुक्त भएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नियुक्त भएका पदाधिकारीलाई माघ २४ गते अभिमुखीकरण र शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

प्रधानमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको उपस्थितिमा भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले शपथ ग्रहण गराउने कार्यक्रम छ ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/02/Bhumi.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *