मुख्य समाचार

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले उखुको पैसा नतिर्ने चिनी उद्योगीहरुलाई कारबाही गर्न कडा कदम चालेको छ ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । बैठकमा संघिय मामला, कृषि र उद्योग मन्त्री पनि सहभागी भएका थिए ।

सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच भएको ५ बुँदे सहमति कार्यन्वयन नभएपछि उनीहरु पुनः काठमाडौं आएका हुन् । उनीहरुका अनुसार चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । आज पनि माइतीघरमा भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित किसानले धर्ना दिइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *