काठमाडौं । विगत २४ घन्टामा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ३ सय ६८ जनाको पीसीआर टेस्ट गर्दा ५ सय ४६ महिला र ८ सय ३४ पुरुष संक्रमित थपिएका हुन् । शनिबार ५ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
शनिबार १९ जना संक्रमितको ज्यान गयो । संक्रमणबाट नेपालमा ज्यान गुमाउनको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १९५, प्रदेश २ को ३७, बागमति ७४७, गण्डकी २२१, लुम्बिनीमा १७१, कर्णालीमा १ र सुदूरपश्चिममा ८ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिएका छन् । त्यसमध्ये २८५ महिला र ३६० पुरुष छन् । काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ थपिएका छन् ।
काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै संक्रमित रहेका जिल्लामध्ये झापामा ६८, मोरङमा ४१ र सुनसरीमा ५९, कास्कीमा ११८, बाँकेमा ३७ र रुपन्देहीमा ५८ जना संक्रमित थपिएका छन् ।




