मुख्य समाचार

राप्रपा सरकारविरूद्ध जनसंघर्षमा जाने तयारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना नियन्त्रणमा सरकार असफल भएकाे र भ्रष्टाचार बढेको निश्कर्ष निकाल्दै जनसंघर्ष गर्ने तयारी गरेको छ ।

मंगलबार बुढानीलकण्ठमा राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले यस्तो निर्णय गरेको हो । विस्तृत छलफलपछि जनसंघर्षका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

बैठकमा देशको राजनीतिक अवस्था र पार्टी संगठनको बारेमा समिक्षा पनि भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *