दाङ- पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ ।श्वासप्रश्वासमा समस्या देखिएपछि विरामी परेकी श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो। ५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। महरा पत्नि सीताले केही वर्ष पहिले छातिको अपरेसन गरेकी थिइन्।




