चौतारा । हेलम्बुको आकाशमा प्याराग्लाइडिङ परीक्षण सुरु गरिएको छ । हेलम्बुको सुन्दरतालाई आकाशबाटै नियाल्न प्याराग्लाइडिङ परीक्षण सुरु गरिएको हो ।
रोयल्स फिटनेसको आयोजना र हेलम्बुको सहयोगमा प्याराग्लाइडिङ सुरु गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । अहिले चाडवाडको मौसम पारेर प्याराग्लाइडिङ सुरु गरिए पनि व्यवसायिक रुपमा यसलाई विस्तार गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए ।
हेलम्बु देश विदेशमा चर्चित छ । भनिन्छ, हेलम्बु स्वर्गको एक टुक्रा हो, यति मात्र होइन, हेलम्बुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व छ । गुम्बा, मठ मन्दिर, नदी नाला, झरना छाँगाले अहिलेको मौसममा हेलम्बु साँच्चिकै स्वर्ग जतिकै देखिन्छ ।
हेलम्बुको सुन्दरता हेर्न र पर्यटक प्रवद्र्धन गर्न व्यवसायिक रुपमै प्याराग्लाइडिङ गर्ने उद्देश्यले यसको परीक्षण उडान गरिएको सञ्चालकहरुले बताएका छन् । गत साल पनि हेलम्बुले परीक्षण उडान गरेको थियो ।




