मुख्य समाचार

उपत्यका बाहिरिने र भित्रिनेको संख्या उस्तै

काठमाडौं। नेपालीहरुको महान चाड विजया दशमीको आज तेस्रो दिन हो । दशैं मनाउन देश, विदेशबाट घर फर्किनेको यतिबेला लर्को लाग्नुपर्ने हो । तर यसपटक लागेन । महानगरीय ट्राफिक महाशाखाकाका अनुसार असोज १ गतेदेखि आज कात्तिक ३ गतेसम्म ६ लाख २३ हजार ९४४ जनाले मात्रै उपत्यका छोडेका छन्।

एक महिनाको एक महिनाको अवधिमा १ लाख ४३ हजार ७४१ सवारी साधनमार्फत ६ लाख ४४ हजार ६४६ यात्रु बाहिरिएका हुन् । यही अवधिमा काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या उल्लेख्य छ। यो एक महिनाको अवधिमा पाँच लाख ७० हजार ८१३ यात्रु काठमाडौं भित्रिएका छन् ।

‘गत वर्ष यो अवधिमा २४ लाख मानिसले काठमाडौं छाडेका थिए । गत वर्ष ४ लाख २३ हजार यात्रु एकै दिन बाहिरिएको तथ्यांक महानगरीय ट्राफिक कार्यालयसँग छ । एक महिनाको अवधिमा ६ लाख २३ हजारले मात्रै काठमाडौं छोड्नुले कोरोना कहरले दशैं प्रभावित भएको सहजै अनुमान सकिन्छ ।

कोरोना महामारीले गत वर्षको जस्तो दशैं यो वर्ष नहुने देखिएको छ। विदेशमा भएका मानिस कोरोनाका कारण उतै अड्किएका छन् भने शहरमा मानिस पनि गाउँ जान पाएका छैनन्। अझ सरकारले जो जहाँ छ त्यही दशैं मनाउन आग्रह गरेपछि शहरबाट गाउँ फर्किनको संख्या निकै कम भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *