काठमाडौं । लोक सेवा आयोगले सबै परीक्षा स्थगित भएको जनाएको छ । कात्तिक १६ देखि हुने भनिएका सबै परीक्षा स्थगित गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमणको महामारीले आयोगका कर्मचारी पनि पीडित भएकाले सबै परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ । आयोगले सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको व्यहोरा जानकारी गराएको छ ।




