काठमाडौँ । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाली सेनाको जंगीअड्डा अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । यसअघि नै नरभाने नेपाल आउनेको पूर्वनिर्धारित कार्यक्रम कोरोना भाइरसका कारण रद्ध भएपछि पुनः नयाँ मिति तय भएको हो ।
स्थलसेनाध्यक्ष नरभानेलाई भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ ।





