मुख्य समाचार

संक्रमित बढे फेरि लकडाउन

काठमाडौं । संक्रमित बढे फेरि लकडाउन गर्ने सिफारिस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको हो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने । मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

दसैंमा धेरै मान्छे उपत्यकाबाट बाहिरिने भएकाले उपत्यकाका संक्रमित गाउँ गाउँ पुग्ने खतरा भएकाले पनि ‘लकडाउन’ हुन सक्ने

मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । यही दरमा संक्रमित बढ्दै गएमा सक्रिय संक्रमितको संख्या २५ हजार हुन धेरै समय लाग्दैन । स्वास्थ्य मन्त्रालयको सिफारिस सरकारले कार्यान्वयन गरेमा दसैंमा फेरि लकडाउन हुन सक्ने छ ।

दसैंमा धेरै मान्छे उपत्यकाबाट बाहिरिने भएकाले उपत्यकाका संक्रमित गाउँ गाउँ पुग्ने खतरा भएकाले पनि ‘लकडाउन’ हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *