मुख्य समाचार

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय नाघ्यो

काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा दुई सय ९३, भक्तपुरमा १३ जना र ललितपुर २० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं । उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय ८० पुगेको छ ।

अहिलेसम्म काठमाडौंमा ६ हजार नौ सय १७, ललितपुरमा नौ सय ३९ तथा भक्तपुरमा सात सय २४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । केही दिनयता काठमाडौं उपत्यकासहित कोरोना सङ्क्रमणको उच्च जोखिम देखिएका जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा पनि लम्ब्याएर भदौ २४ गतेसम्म पुर्‍याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *