मुख्य समाचार

रौतहट पुजारी हत्याका आरोपी बिहारबाट पक्राउ

काठमाडौं । पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या अभियोगमा रामनरेश पटेल र बालकुमार पटेल पक्राउ परेका हुन् ।

भारतको बिहारबाट पक्राउ परेका उनिहरुले अभियोग भने स्वीकारिसकेका छैनन् । प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

भदौ ३ गते राति खाना खाइरहेका बेला पुजारी साहको अज्ञात व्यक्तिले कन्चटमा गोली हानी हत्या गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *