मुख्य समाचार

४० लाख बालबालिकालाई तत्काल सहयोग आवश्यक

काठमाडौं । युनिसेफले नेपाल लगायत दक्षिण एसियाली मुलुकका ४० लाख बालबालिकालाई तत्काल सहयोग आवश्यक रहेको जनाएको छ । दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले भारी वर्षा, बाढी र लगातारको पहिरोले प्रभावित क्षेत्रका बालबालिका तथा उनीहरूका परिवारलाई ठूलो संकटमा पारेको जनाएका हुन् ।

उनले बाढी प्रभावित नेपाल लगायत मुलुकलाई सहयोगको आह्वान गरेका छन् । बालबालिकाहरूका लागि सफा पानी, रोग फैलिन नदिनको लागि आवश्यक सरसफाइ सामाग्री, खाद्यान्न र आश्रय स्थलमा खेल्ने ठाउँ अत्यावश्यक रहेको युनिसेफले जनाएको छ ।

नेपालमा असार २५ यताको भारी मनसुनी वर्षापछि आएको बाढी पहिरोले २० जिल्ला प्रभावित भएको युनिसेफले जनाएको छ । नेपालमा बाढी पहिरोवाट १० हजार प्रभावित भएको युनिसेफलको भनाइ छ । प्रभावितमध्ये आधाजसो बालबालिका रहेका र सात हजार पाँच सय जना विस्थापित हुन पुगेको युनिसेफले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *