कला/साहित्य

कविता : व्यवस्था

समुन्नत कसरी हुन्छ यो मुलुक गर्लान् कि विकास
दुःख कष्ट चिन्ता गरेर देशको, होलीका निकास
राष्ट्रियतामा ध्यान दिनु पर्‍यो, सचेत हौ नेपाली
देश बरबाद हुने लक्षण देखिँदै छ, स्वार्थमा हाम फाली ।

दल, पार्टी भन्दा राष्ट्रियतामा माथि भई भेटौँन
राष्टकाे हितमा नजुट्दा पराइले खोज्नेछन् लुटन
योगदान गरेका शुभचिन्तकहरू एक भई सब जुट
त्याग हुनपर्छ लोभमा नपरी देश अब नलुट ।

पूर्वकलादेखि वातावरण राम्रो पाएन सुध्रिन
साइत नजुरी शिलान्यास भएर थुप्रियो अति ऋण
सत्ताको लागि झोले कोशेले पराइको नबन
निर्णय गर्ने जनता छँदै छन् मूल तत्त्व यही मान ।

इतिहास हेर एकीकरण गर्ने रुष्टका निर्माता
भोका र प्यासा वीरसँगै महिला लड्दथे ती योद्धा
नीति हो श्रेष्ठ अवलम्बन गर्नु राष्टकाे धर्मले
भावना राम्रो शासन पद्धति सुध्रिन छ कर्मले
के ल्यायौ साथमा जाँदा के लान्छौ भू–मालाई के छोड्छौ
सद्भाव राख आत्मा के भन्ला नाता नै किन तोड्छौ
मेलमिलाप गरी संवृद्ध नेपाल बनाउने कहिले हो
राग–द्वेष त्याग राष्टकाे चिन्ता गर्ने त उहिले हो ।

साग र सिस्नु फापर कोदो, दलहन र गहुँ धान
मकै अनादि फलफूल शुद्ध खाएर गरी ज्ञान
काम गरि सानो भइन्न  कहिल्यै नैतिकवान् बनन
सानो ठुलो ओहदा बनाउँछ कर्म गर्नु छ मनन
जनताको सामने सान र मान हुनुपर्ने खुब ठुला
पराइ मुलुकमा जान किन पर्‍यो भएर बकुल्ला ।

राम्रो नराम्रो देखेमा उल्टा अन्धा हौँ हामी त
बिग्रियो आँखा अँध्यारो हुँदै देखिन्न रमिता
न्याय अन्याय हुन गए उल्टो बुद्धि नै बिग्रियो
भन्लान् दुनियाँले गरेको कार्य मन्टली भिरेको
राम्रोलाई राम्रो भनन मानव किन गर्छौ दमन
नराम्रो भित्रै राख्ने बानीले हुन जान्छ बमन
इतिहास बोकेका बुर्जुवाहरु यी नयाँ युवालाई
आर्जेको ज्ञान देऊ मौरी जस्तै नभगाऊ धुवाँलाई
अस्तित्वै विहीन हाम्रो यो मुलुक हुँदै छ युवा हो
भविष्य देशको तिम्रै हातमा छ न बिर्से भूमी यो
रित्तिँदै मुलुक घर जग्गा बाँझै प्रदेश पलायन छन्
दक्ष जनशक्ति बिदेसिन पर्‍यो वृद्ध दुःखमा झन्
उपाय खोज युवालाई उत्तम शिक्षा र रोजगारी
व्यवस्था चाँडै गरी भित्र्याऊ, भरिन्छ भकारी ।

गर्नु हुँदैन अन्याय कहिले हो जानेर बुझेर
अनजानमा क्षमा दिन्छिन् प्रकृति ऐनाझैँ हेरेर
जानी जानीकनका कुकृत्यहरू धोइनन् धोएर
कर्मैको फल हो बिझेको काँडा दुख्दछ घोचेर
अति दुःख हुन्छ लागेको दाग रहिरहन्छ परन्तै
जिउदैको मर्नु  दागी भए रहनु छोडिन्छ संसार यही

यस्तै किसिमका अपराध लुकेर, विकृति फैलिने
राम्रै गर न राम्रै सन्देशले, राम्रै हो भन्लान् है
राम्रो शिक्षा र ज्ञानले रुष्टको दृष्टान्त भई राम्रो
समुन्नत राष्ट्र बन्नेछ विकास भएर देश हाम्रो
राजस्वै लुटेन पद्धति ल्याई, देशलाई रित्याए
ऋणको भो दुरुपयोग भ्रष्टहरूले, राष्ट्र नै सिद्ध्याए
कारबाही हुन्न सुशासन नभई विकृति जता नै
विरोध गर्दा गणतन्त्र हाम्रो षड्यन्त्रै सताउने
गरिबका छोरा देशका निम्ति शहीद भई प्राण त्यागे
शहीदको रगत सिञ्चित भूमिमा डाँकाहरू जागे ।

नेपाल राष्ट भ्रष्टको सूचिमा भन्दै छन् पराइ
सरोकारवालाहरू के बुझ्छौ पराइको भनाइलाई
सीमा क्षेत्रमा दशगजाहरू अतिक्रमण भई सारिँदा
जनता दुःखी भई विरोध गरे उपचार के मारिँदा
पराई पुलिसले गोली हानी मार्‍यो तुइन तर्दा धामीलाई
चरा मारेझैँ न्याय के सरकार नागरिक हौ हामीलाई
नेपाल देश हाम्रो सत्ताको सरकार इच्छा भो पराइको
नेपाली भन्ने इज्जत कहाँ गो यो कसको गराई हो ।

राष्टलाई ताक्ने कला सु–शासन सापेक्ष भएनन्
आनन्द सुरक्षा शान्ति अनुभूति जनताले पाएनन्
मित्रता राख छिमेकीसँग नगर दुष्ट याम
नझुक्नु कहिले हेपे चेपेमा जबाफी व्यायाम

जन्मिँदा कुन चिज लिएर आयौ जाने बेला लान्छौ के
जन्मभूमि यो कर्मभूमि हो उपहार के दिन्छौ रे
अशान्ति हुन्छ नारा र जुलुस गरेर ठोसिन्छ
दलगतको छाप भिडन्त गर्दै लडेनछन् एक दिन

मात्र स्वार्थ र कुर्सीको बुझिन्छ गरेको
विकृति हुँदै आपसमा काटमार देख्दैनौ मरेको
ईख नभाको सर्पलाई कहीँ टेर्दैन कसैले
खेलौना जस्तै घुमाई राख्छन् छिमेकी देशैले

आपसमा लडिनु पराइसरि किन हो भिडेर
योगदान र कला सत्ताको स्रोतको मूल्याङ्कन गरेर
पराईसँग प्रतिसोध गर्नु उत्तम नै ईस्र्या हो
नेपाली हामी बन्धुत्व हाम्रो हुँदैन बिर्सेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *