१,
आकाश धमिलिदै निराशमा तनमन
सोचाई थातिराख्दा मडारियो इच्छाहरु
लिएर पीडाको पोको हिंड्दाहिंड्दै रन्थने ।
२,
थर्केर एकनास प्रलयमा जगत नै
जिस्कायो सधैंजसो प्राणधान्न पनि धौंधौं
सोचेको सपना भनी आफैंलाई बिर्सेर ।
३,
आरोप खेप्दै जादा नागिन्छ नै बिनासित्तै
मान्छेको चरित्रमा हिलो छ्याप्ने ढोङ्गीहरु
कारण बिनाको शङ्का पचाउन फलाम ।
४,
संसार बुझ्न खोज्यो भारले नै थिचिएछ
जिज्ञासु मनलाई कैद गर्दै बेहोसीमा
पाहुना बन्दै पृथ्वीमा बाचिएला कत्ती नै ।
५,
मान्छेको घमण्ड छ आजभोलि देखिन्छ नै
रङ्गिन सपनाको माला गुथी बाँचेका छौ
सदैब भाग्यले साथ काहाँ दिन्छ हेर त ।
६,
अन्याय सहदामा आफैंलाई अत्यास`भो
बिद्रोह गर्नलाई आट गर्न सकिएन
फुत्केकोे ढिकी सम्झेर पाखा लाग्दै बसेछु ।
७,
खेलेको राजनीति सोझोबाटो अङ्गालिदै
गरेर सङ्गठन आफैंलाई साक्षीराख्दै
अन्तमा आत्माविश्वास कमजोर ठानेछु ।
८,
बितेको समयमा स्वार्थी पूर्ति गरिएन
भएर इमान्दार लाग्दैगर्दा सोझोबाटो
गरेर बलमिंचाई किनारामा पारेर ।
९,
ममता मुटुभित्र सधैसधै राखिरहे
छाडेर हिडेपछि मनभरि रिक्तता
गाह्रोभो बिर्सनलाई आँखाभरि सम्झना ।
कला/साहित्य