कला/साहित्य

रेंगा कविता

१)
समय छँदै
बौद्धिक अँगालेर
दर्शन साक्षी ।
००
सोचमग्न भएर
कोरेको सत्यमार्ग ।

२)
फट्याई बोली
पत्याउन सकिन
टाढा बसिंदा ।
००
शत्रुता बढेपछि
बने असुरक्षित ।

३)
पृथ्वी हल्लिंदा
चिरा परेको मन
जोड्नै नसक्ने ।
००
डरत्रास फैलिंदा
जीवन नै बोजिलो ।

४)
पाइला टेके
विरताको भूमिमा
सम्झेको पुर्खा ।
००
भावुकीयको मन
छाती चौडा गर्भले ।

५)
ठूलो श्वरमा
गुज्रिएको चित्कार
भूकम्पे भुत ।
००
चारैतिर विनाश
आइलाग्यो आपत्ति ।

६)
दुःख बुझेर
काँडै काँडैमा टेक्दा
लाग्यो अत्यास ।
००
गरिवी भई बाँच्नु
अभिश्राप जिन्दगी ।

७)
हिउँको वर्षा
भुइभरी सेताम्ये
चिप्लेटो बाटो ।
००
हिड्दाको थकानले
आराम नै आनन्द ।

८)
निलो आकाश
शिरमाथिको छत
अनौठो लाग्ने ।
००
हेराई नथाकिने
प्रकृति उपहार ।

९)
निद्रा लागेर
ओछ्यानमा पल्टिंदा
अाँखै अँध्यारो ।
००
लोलाएका नयन
सपना ह्वारह्वार्ती ।

१०)
सिप सिकेर
आत्मनिर्भर बन्दा
थुप्रियो सुख ।
००
सकरात्मक सोच
फलदायी जीवन ।

११)
सधैंभर्री नै
उखान टुक्का भन्दा
बोली नै गोली ।
००
उधारो सपनाले
सम्झाएको चुनाव ।

१२)
दुःखीद मन
आफैंलाई घोटेर
जीवन यात्रा ।
००
घिसारे वल खिच्दै
अत्यासले अत्यायो ।

१३)
मठ–मन्दिर
धर्म प्राप्ती गन्तब्य
पाप पखाल्न ।
००
ठूलो–ठूलो श्वरमा
नक्कली हाउँभाउँ ।
१४)
साँघुरो बाटो
बटुवाको हिडाई
पसिना काट्दै ।
००
ठाँडो बाटो उक्लंदा
थाक्दै बस्दा आनन्द ।

१५)
शिशिर याम
हावाको झोकासँगै
नाच्यो पुतली ।
००
अनौठो उपहार
सौन्दर्यता अथाह ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *