१)
सफा मौसम
सुन्दर बगैंचामा
भमरा डुल्यो ।
००
फूलको थुंगा चाँर्दै
प्यास भेट्न खोजेको ।
२)
गर्मीले हप्प
उकुस–मुकुसमा
काट्दै समय ।
००
आलस्य घुसेपछि
अल्पिंदै मन दुख्यो ।
३)
खुशी चुमेर
तातो स्पर्श गरेको
फु¥यो पसिना ।
००
पोलेको भतभति
चिसो खोज्न हतार ।
४)
जन्मभूमिमा
रक्षक बनेर नै
झँुकाए शिर ।
००
अपनत्व लिएर
समर्थन आत्मा नै ।
५)
अपार माया
मुटुमा सजाएको
सम्झेर आफ्नै ।
००
नजिकिन खोजिंदा
छोडेको छाया मिल्दा ।
६)
घाम चर्किदा
घामले पोल्न खोज्दा
प्रिय छहारी ।
००
बसुन्जेल शितल
बाहिरिंदामा उस्तै ।
७)
संकट पर्दा
देख्यौं तान्डव नृत्य
निरीह बन्दै ।
००
खुम्चेर बस्दा बस्दै
बिस्फोट मनोभाव ।
८)
पसिना काँट्दै
बनेको जागरिलो
मिलेको खुशी ।
००
जीवन कथा बुझ्दा
मूल्यवान गन्तब्य ।
९)
पद–प्रतिष्ठा
मागेर पाइँदैन
खिचिन्छ सधैं ।
००
मेहनती बनेर
देखायौं हैसियत ।
१०)
पिर ब्यथामा
जीवन उचालिंदा
अड्केको मन ।
००
अँध्यारोमा रोदन
उज्यालोमा रमेको ।
११)
बगेको नदी
सुसायो एकनास
गुञ्जियो गीत ।
००
मन चञ्चल बन्दै
हालिदिए सुसेली ।
१२)
भूकम्प जाँदा
चिरा परेको मन
पिडाले पोल्दा ।
००
छाती ठोक्दै पिटेर
रोएको भक्कानिंदै ।
१३)
हल्लियो पृथ्वी
कोलाहल मच्चियो
खोज्दै दौडन ।
००
पसिनाले निथु्रक्क
डाको छाड्दै रोएको ।
१४)
स्वार्थी दुनियाँ
मनमुटाव घुस्दा
हेराई शत्रु ।
००
घोषित विचारमा
१५)
आगोको राप
अाँखा चिम्ले छोएको
डाम्यो हातमा ।
००
चनाखो बन्न खोज्दा
भुलिगएको याद ।




