
मामा, पापा, बाबा दिदी भन्दै मलाइ बोल्ने बनाउने गर्थेउ,
लुकिलुकी भाग्दा पनि, आमा !
पछिपछी आउने गर्थेउ !
बिरेदाइको छोरले मोजाको बल चोरेपछी,
म रोएको देखेर गुन्यु च्याती बल बनाइ मनाउने गर्थेउ !
गाउँ बेसि गर्ने तिमी छिटोछिटो हिड्नु पर्थ्यो,
लर्खराइ खुट्टा मेरा, ढल्न लाग्दा समाउने गर्थेउ !
घाँस दाउरा, ढिकीजातोमा बिद्याबारिधी गरेकी तिमी,
दुई मुठी घाँस मैले काट्दा खुसिहुँदै रमाउने गर्थेउ !
मामा, पापा, बाबा दिदी भन्दै मलाइ बोल्ने बनाउने गर्थेउ,
लुकिलुकी भाग्दा पनि, आमा !
पछिपछी आउने गर्थेउ !