ताजा समाचार

सम्पर्कविहीन २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ।नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।

प्रधान कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । सूचनामा कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाइ हाजिर हुन भनिएको छ ।

तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाइने उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *