खेलकुद

ए डिभिजन लिग : आजदेखि नवौँ चरणका खेल सुरु

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल आज सुरु हुँदैछन्। आज (शनिबार) तीन खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ।

च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी र जावालाखेल तथा दशरथ रङ्गशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे दशरथ रंगाशालामा हुने खेलमा त्रिभुवन आर्मी र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *