काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज युएई र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुदै छ ।
यो खेल टीयू क्रिकेट मैदानमा नेपाली समय अनुसार साढे ९ बजेदेखि शुरु हुने छ । युएई शिर्ष तिनमा पर्न असफल भएको र एक एकदिवसीय मान्यता पाउन पनि प्लेअफ खेल्नुपर्ने अवस्था रहेकाले यस खेलको महत्व देखिदैन । त्यस्तै पीएनजीका लागि पनि अर्को अभ्यास खेलको रुपमा यो खेल हुने छ । तर पछिल्ला खेलहरुमा पीएनजीले युएईलाई लगातार पराजित गरिरहेकोले यो खेलमाथि नजर भने हुने छ ।
आइसीसी विश्वकप लिग-२ मा युएईको २४ खेलमा ३१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ भने पीएनजीको ३५ खेलमा ११ अंक छ र लिगमा पुछारमा रहेको छ । आइसीसी विश्वकप लिगमा पीएनजीको यो अन्तिम खेल हुने छ ।
त्यस्तै युएईले भने विहिबार नेपालसँग यस सिरिजको र आइसीसी विश्वकप लिग-२ को अन्तिम खेल खल्ने छ ।
आइसीसी विश्वकप लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप क्वालिफायरमा पुगिसकेका छन् ।
अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल चौथो स्थानमा रहेको छ । त्यस्तै आइतबार युएई नेपालसँग हारेसँगै अमेरिकाको एकदिवसीय मान्यता जोगिएको छ ।
विहिबार नेपाल र युएईबीचको खेलपछि तेस्रो स्थानमा नामिबिया र नेपालमध्ये को हुन्छ भन्ने टुंगो लाग्ने छ ।




